Wednesday, July 15

देशभर थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । देशभर थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

Advertisement

बुधबार २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement

३ हजार ८३६ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १९५६ जनाको पिसिआर परीक्षण गर्दा १२८ र १८८० जनाको परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।

कोरोना संक्रमणबाट जनाको मृत्यु हुनेको संख्या शून्य छ। यस्तै २५०५ जना सक्रिय संक्रमित रहेका छन्।