Saturday, July 11

राष्ट्रसेवक कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्छ -मुख्यमन्त्री पाण्डे

नेपालअखबार,  काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।

Advertisement

१९औँ निजामती सेवा दिवसका अवसरमा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले कर्मचारीहरूलाई सक्रिय ढङ्गबाट जनताको कामकाज गर्न निर्देशन दिनुभयो ।

Advertisement
Advertisement

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा मिलोस् भन्दै शुभकामनासमेत दिनुभयो ।

Advertisement

“हामी राजनीतिज्ञले जनताको मतबाट पाएको मान सम्मान प्रतिष्ठा र जिम्मेवारी कहिल्यै भुल्नु हुँदैन । त्यस्तै राष्ट्रसेवक कर्मचारीले पनि गाउँपाखामा गरिब किसान मजदुरले तिरेको एक–एक रुपैयाँ करबाट हामी पालिएका छौँ भन्ने कुरा भुल्नु हुँदैन”, उहाँले भन्नुभयो, “जनताप्रति उत्तरदायी भएर काम गर्न सके जनताले सरकारको अनुभूति गर्न सक्छन्, कर्मचारीमाथि भरोसा बढ्दै जान्छ ।”

मुलुकमा विभिन्न व्यवस्था परिवर्तनको चरणमा जनप्रतिनिधिको अभावमा पनि कर्मचारीहरुले प्रशासनिक सेवा, पूर्वाधार विकासदेखि जनताको आधारभूत आवश्यकता पूरा गर्ने, सिफारिसका कामलगायत सम्हालेको बताउँदै अब कर्मचारीले दिने सेवामा परिस्कृत गर्दै आम जनताको विश्वास जित्नुपर्ने उहाँले बताउनुभयो ।