Sunday, July 26

दुई दाजुभाइद्वारा क्यानडामा छुरा प्रहार गरी १० जनाको हत्या

नेपालअखबार, एजेन्सि। क्यानडाको सेन्ट्रल सास्काचेवान प्रान्तमा आइतबार १० जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

आक्रमणकारीमध्ये मिल्स स्यान्डरसनलाई प्रहरीले पक्राउ गरेको हो भने आक्रमणको एक दिनपछि अर्का व्यक्तिको शव फेला परेको थियो।

Advertisement
Advertisement

प्रहरीका अनुसार मिल्सलाई बुधबार सास्काचेवान प्रान्तको रोस्टरनबाट स्थानीय समय अनुसार दिउँसो ३:३० बजे पक्राउ गरेको हो।

Advertisement

आइतबार विभिन्न १३ स्थानमा भएका आक्रमणमा १० जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए। घाइतेमध्ये १० जना अझै अस्पतालमा छन्। जसमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ।

प्रहरीले मिल्सलाई पक्राउ गर्नुअघि एक सार्वजनिक सूचना जारी गर्दै मिल्स अझै फरार रहेकाले सचेत हुन आग्रह गरेको थियो।

मिल्सको गिरफ्तारीसँगै प्रहरीले अहिले कुनै खतरा नरहेको स्पष्ट पारेको छ।

प्रहरीका अनुसार आक्रमणमा संलग्न दुबै दाजुभाइ हुन्।

प्रहरीले दुवै दाजुभाइविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो। गिरफ्तार मिल्स स्यान्डरसनलाई हत्या र हत्या प्रयासको आरोप लगाइएको छ। मिल्सविरूद्ध वर्षौंदेखि कैयौं आपराधिक मुद्दा दर्ता भएका छन्।