Wednesday, July 15

पछिल्लो २४ घण्टामा १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७४६ परीक्षणमा १६३ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

एक हजार ७१८ पीसीआर परीक्षणमा ११२ जना र दुई हजार २८ एन्टिजेन परीक्षणमा ५१ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३० रहेको छ र पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४३० रहेको छ ।

Advertisement
Advertisement

Advertisement