Sunday, July 26

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन आयोगले दियो २ दिन समय

नेपालअखबार, काठमाडाैं । मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची दलहरूले असोज २ र ३ मा निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ।

Advertisement

बन्द सूची लिनका लागि आयोग परिसरमै मुख्य निर्वाचन अधिकृत कार्यालय सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ।

Advertisement
Advertisement

दलहरूले उम्मेदवारको नाम रहेको बन्द सूची पेश गर्दा समावेशी सिद्धान्तअनुसार कानून बमोजिम आवश्यक काजगात पेश गर्नुपर्ने हुन्छ।

Advertisement

आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले कागजात अपुग भए बन्द सूची दर्ता नगरिने बताएका छन्। आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा रहेको उनले बताए।

दलहरूले बुझाएका बन्दसूची जाँचबुझ गरेर आयोगले संशोधन गर्न असोज ४ देखि ९ गतेसम्म समय दिने जनाएको छ।

असोज १० देखि १६ गतेसम्म दलहरूले आवश्यक परिमार्जन सूची पेश गर्न सक्छन्।

प्रत्यक्षतर्फ निर्वाचनका लागि भने आयोगले असोज २३ मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको छ।