Friday, July 17

अन्नपुर्ण अस्पतालमा स्वास्थ्य शिविर सम्पन्न

नेपाल अखबार,पोखरा । पोखरा महानगर पालीका वडा नं १० शिवचोकमा अवस्थित अन्नपुुर्ण बाल तथा महिला अस्पतालले रिलायन्स सेकेन्डेरि बिध्यालय बुढिबजारका बिध्यार्र्थी शिक्षक तथा बिध्यार्र्थीका अभिवावकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप यस्ता खालका सामाजिक कार्यहरु गर्दै आईरहेको अस्पतालका सन्चालक सन्तोष पान्डेले बताउनुुभयो । पोखरामानै पहिलो पटक महिला तथा बालबालिका अस्पतालको रुपमा सर्वशुलभ मुल्यमा छिटो, छरितो र स्तरिय सेवा प्रदान गर्दै आइरहेको बताउदै आगामि दिनमा थप स्तरिय,छरितो र सर्वसुलभ बनाउन लागिपर्ने वताउनुभयो । अस्पतालका अध्यक्ष विश्व घिमिरेले यस्ता सामाजिक उत्तरदायित्वका कामहरुलाइ निरन्तरता दिदै जाने जानकारी दिनुभयो । शिविरमा करिव ३०० जना बिध्यार्र्थी तथा तिनका अभिवावकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा जनरल परिक्षण, पिसाव परिक्षण ,दाँत परिक्षण साथै आँखा तथा कानको परिक्षण गरिएको थियो । अस्पतालले बिध्यार्र्थी, शिक्षक र अभिभावकलाई सबै खाले उपचारमा २५ प्रतिशत सहुृलियत दिने बारेमा पनि सहमती भएको छ । बिध्यालयको तर्फबाट बिध्यालयका संस्थापक कमल रानाभाटको उपस्थिती रहेको थियो । । स्वास्थ्य परिक्षणमा बालरोग बिषेशज्ञ डा. किरण शर्मा, डा.विधान घिमिरे साथै सुुगर प्रेशर तथा थाईराईड रोग बिषेशज्ञ फिजिसियन डा.सुरज लामिछाने लगाएतको उपस्थिती रहेको थियो। शिविरको महत्व वारेमा प्रकास पार्दै बालरोग विशेषज्ञ डा.किरण शर्माले वालवालिकाले डाक्टर संगको परामर्श बिना औषधि सेवनले वालवालिकामा गम्भिर खालका असर देखिने भएकोले अनावश्यक औषधि डाक्टर परामर्श बिना सेवन नर्गन आग्रह गरे ।

Advertisement
Advertisement

Advertisement