Friday, July 17

देहव्यापारको आरोपमा होटल सञ्चालकसहित पाँच जना पक्राउ

नेपालअखबार, राैतहट । पूर्वपश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुरस्थित एक होटलमा देहव्यापार सञ्चालन गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार पक्राउ पर्नेमा होटलका सञ्चालक, एक जना ग्राहक र ३ जना यौन व्यवसायी महिला छन् ।

Advertisement

देहव्यापार भएको गुनासो आएपछि चन्द्रनिगाहपुरको पुल्चोकमा रहेको तनहुँ लाङघाली होटलमा पुगेको प्रहरी टोलीले होटलका सञ्चालक कुलबहादुर थापा सहित पाँच जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी सन्तु जैसवारले बताए । उनीहरुलाई केही दिनअघि नै पक्राउ गरिए पनि प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

Advertisement
Advertisement

पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको डीएसपी जैसवारले बताए ।

Advertisement