Tuesday, September 22

सेनाले माग्यो २२९ सहायक सेनानी

नेपालअखबार, काठमाडाैं । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ।

Advertisement

आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले अधिकृत (सहायक सेनानी) मागेको हो।

Advertisement
Advertisement

खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ।

Advertisement

सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन भर्न सकिने सेनाले बताएको छ।

काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट पनि आवेदन फारम गर्न सकिने निर्देशनालयले जानकारी दिएको छ।

आवेदन दिँदा एक हजार दस्तुर लाग्नेछ।

प्रमाणपत्र तह वा सो सरह पास गरेकाले अधिकृत क्याडेटका लागि आवेदन दिन सक्नेछन्।

उचाइ पुरूषका हकमा ५ मिट ३ इन्च र महिला ५ फिटको हुनुपर्नेछ।