Wednesday, July 15

देशभर थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । देशभर थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको कोरोना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

७५ जनाको पिसिआर र १६ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

Advertisement

एक सय ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर एक हजार सात सय ५० जना सक्रिय स‌ंक्रमित छन्।