Wednesday, July 15

काभ्रेमा ग्यास लिक, जलेर एक जना भारतीयको मृत्यु

नेपालअखबार, काभ्रे। पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement

Advertisement