Friday, July 17

एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन सम्पन्न

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो संगठनलाई बिस्तार गर्दै लगेको छ । यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको प्रथम अधिवेशन अमेरिकास्थित न्युयोर्कमा सम्पन्न भएको छ।

Advertisement

अधिवेशनलाई पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अनलाइन जुममार्फत सम्बोधन गरेका थिए । अधिवेशनले शंकर पन्तको अध्यक्षतामा २५ सदस्यीय अमेरिका राष्ट्रिय कमिटी सर्वसम्मत गठन गरेको हो।

Advertisement
Advertisement

कमिटीको वरिष्ठ उपाध्यक्ष बनिता कतिला र क्षेत्रीय संयोजकहरूमा क्रमशः दक्षिण पश्चिम उद्धव खनाल, डिसी मेट्रो टंक कुँवर, मध्यपश्चिम सरस्वती मुखिया, उत्तरपूर्व सोमेन्द्र रन्जित रहेका छन् । त्यसैगरी अधिवेशनले महासचिवमा युवराज खनाल, सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा शुसिला पौडेललाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा शम्भु कटुवाल ,खगराज पौडेल, डा प्रकाश श्रेष्ठ, तेज पौडेल, शिव भक्त थापा, टेक  कार्की, देवकी पन्त, राम लामा, समीर पाण्डे, रोशन देवकोटा, राजेश थापा, भरत  उप्रेती, गौचन बुढामगर, सुनिल नेपाली, नरेन गुरुङ र जुनु घले रहेका छन्।

Advertisement

संयुक्त राष्ट्र संघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि अमृत राई, न्युयोर्क सिटीका मेयरका सल्लाहकार गल्ब्रेट, प्रवास कमिटीका सहसंयोजक भीम कार्की लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए । अमेरिकाका सबै राज्यबाट प्रतिनिधित्व भएको अधिवेशनको अध्यक्षता टेक गुरुङले गरेका थिए।