Thursday, July 16

राष्ट्रपतिका लागि अबको बाटो राजीनामा मात्र हो: पूर्वराष्ट्रपति यादव

नेपालअखबार । पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाएका छन्।

Advertisement

पूर्वराष्ट्रपति यादवले कुरा गर्दै राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले अबको बाटो राजीनामा मात्रै भएको बताएका हुन्।

Advertisement
Advertisement

‘संविधानको संरक्षक उहाँले संविधानको उल्लंघन गर्नुभयो। प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन’, उनले भने, ‘दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक उहाँले रोक्न मिल्दैन। उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ।’

Advertisement

उनीसँगको थप अन्तर्वार्ता केही बेरमा प्रकाशित हुनेछ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।