Thursday, July 16

दिल्लीको सडक किनारामा सुतिरहेका मानिसमाथि चढ्यो ट्रक, चारको मृत्यु

नेपालअखबार, एजेन्सि। एक अज्ञात तीब्र गतिको ट्रकले दिल्लीमा अबेर राती स्थानीय समयानुसार १ बजेर ५१ मिनेटमा डिभाइडरमा सुतिरहेका चारजनालाई किचेको छ ।यो दुर्घटनामा चारजनाको मृत्यु हुनुका साथै दुई अन्य गम्भीर रुपमा घाइते भएका छन् ।

Advertisement

ट्रकको ठक्करपछि दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने अन्य दुईको उपचारको क्रममा मृत्यु भएको हो ।तीब्र गतिको ट्रक दिल्लीको सीमापुरीको डिटिसी डिपोट रेड लाइटलाई पार गर्ने कोसिस गरिरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

 

Advertisement