Wednesday, August 5

सभामुख सापकोटासँग चिनियाँ राजदूत होउले बिदाई भेट

नेपालअखबार,२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाई भेट गरेकी छन् ।

Advertisement

राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग सभामुखको सरकारी निवास लैनचौरमा बिदाई भेट गरेकी हुन् ।भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरु भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेको भन्दै बधाई दिए । सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।बिदाई भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार प्रकट गरेकी थिइन् ।

Advertisement
Advertisement

Advertisement