Sunday, August 30

देशमा विकास र सविधानको रक्षा गर्न गठबन्धन आवश्यक छ : पूर्वमन्त्री आले

विमल विष्ट, डोटी ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका) नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले लोकतान्त्रिक गणतन्त्रात्मक सविधानको रक्षा तथा देशको विकास गर्नका लागि भएपनि देशमा गठबन्धन आवश्यक रहेको बताउनु भएको छ ।

Advertisement

गठबन्धनले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै पूर्वमन्त्री आलेले पूर्वमन्त्री आलेले सहजपुरदेखि बोगटान, दिपायल हुँदै उरैभञ्ज्याङसम्म सडक बनाएरै छोड्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो अर्जुन दृष्टि भनेको धनगढीदेखि उरैभञ्ज्याङसम्म सडक पु-याउने हो, यो सडक बनेमा चिन तथा भारतका पर्यटक तथा व्यापारी यहाँ आउँने छन्, यो क्षेत्र पर्यटन सहित व्यापारिक हब हुने छ ।

Advertisement
Advertisement

पूर्वमन्त्री आलेले डोटीमा गठबन्धनले आफूलाई जिताउनेमा विश्वस्त रहेको बताउँनु हुँदै जिल्लामा गठबन्धनका साझा उम्मेदवार निर्वाचित गराउनका लागि आफू हर सम्भव प्रयास गर्ने र गठबन्धनको जीत हुने बताउनुभयो । गठबन्धनका साझा उमेदवारलाई जिताउन पूर्वमन्त्री आलेले जिल्लाका जनतालाई आग्रह गर्नुभयो ।

Advertisement

गठबन्धनका कारण आसन्न निर्वाचनपछि प्रदेश तथा संघ सरकारको नेतृत्व गठबन्धनले नै लिने भएकाले अहिलेको सानो तीनो असमझदारीले निकट भविष्यमा गठन हुने सरकारमा असर पर्न जाने हुनाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन उहाँको आग्रह थियो ।

आफु संघीय सरकारको उमेदवारमा विजयी भएलगत्तै जिल्लामा अधुरा रहेका विकास निर्माणका कामहरु सफल गर्ने बताउनुभयो । डोटीको विकासमा आफू बिगतदेखि नै प्रतिबद्ध रहेको र अहिले भइरहेका कार्य र केही नयाँ विकासका काम सहितका कार्यलाई साझा मुद्दा बनाउँदै टुंगोमा पु-याउने उहाँको दावी थियो ।