
नेपालअखबार, पोखरा । पोखरा महानगरपालिकाले फेन्सी पसलमाअनुगमन गरेको छ । पोखरा महानगरपालिकाउपप्रमुखएवं उपभोक्ताहित संरक्षण समितिका संयोजकमञ्जुदेवी गुरुङको नेतृत्वमाशुक्रबार फेन्सी पसलमाअनुगमनगरिएको हो ।अनुगमनमाकास्कीका सहायकप्रमुखजिल्लाअधिकारी गुरुदत्त ढकाल, आन्तरीक राजस्वकार्यालय पोखराका ठाकुर सुवेदी, घरेलुकार्यालय पोखराका हेमराज बराल, जिल्लाप्रशासनकार्यालय कास्कीकाशिवप्रसादगौतम, पोखरा महानगर उपभोक्ताहित संरक्षण समितिकासदस्यसचिव भरतराजपौडेल, महानगर सहकारी शाखाकाऋषिराम सापकोटा र पत्रकारहरुको सहभागीता रहेको थियो ।
पोखरामाखाद्यान्न, तरकारी, फुलफुलहोटल लगायतका क्षेत्रमाअनुगमनभएपनि फेन्सी पसलमाभने पहिलो हो । फेन्सी पसलमाग्राहकहरु ठगिएको गुनासो आउने गरेको भन्दै अनुगमनगरिएको महानगरपालिकाउपोक्ताहित संरक्षण समितिका सदस्यसचिव भरतराजपौडेलले जानकारी दिनुभयो ।
अनुगनकाक्रममाब्यवसायदर्ता विना सञ्चालनभएका,दर्ता भएपनिनविकरण नभएको भेटिएको र खरिद विलनभएको फेला परेको सदस्यसचिवपौडेलले बताउनुभयो । ‘केहीपसलमहानगर, घरेलु, आन्र्तरीक राजस्वकार्यालयमादर्ता नभएको पाइयो ।’ अनुगमनकाक्रममापोखरा ट्रेड मलभित्र सञ्चालितदुई पसललाई जरिवाना समेत गरेको छ । ग्लोजमकुर्था पसल र सुस्मीन एण्ड सुशान्तस्टोर्सलाई पाँच÷पाँचहजार रुपैयाँ जरिवाना गरेको हो । ग्लोजमले कपडा खरिद बिलनभएको र विनादर्ता सञ्चालनभएको भेटिएपछि जरिवानागरिएको महानगरका सहकारी शाखाकाऋषिराम सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै सुस्मीन एण्ड सुशान्तस्टोर्सले विल काटदादेखि वीचमाविल छुटाएर काटेको, व्यवसायनविकरण नगरेको र ग्राहकलाई समेत विलनदिएको पाइएकाले जरिवानागरिएको सापकोटाले जानकारी दिनुभयो ।त्यस्तै सलोनीइम्पोरियम, जिएलके क्लोसेट क्लाउड, एनडी सर्पिङ्ग सेन्टरमाखरिद विलनभएको, ब्यवसायदर्ता नभएको पाइएकाले उनीहरुलाई खरिद र विक्रीविल सहितजिल्लाप्रशासनकार्यालय कास्कीमाउपस्थितहुननिर्देशनदिइएको उपभोक्ताहित संरक्षण समितिका सदस्यसचिवभरतराजपौडेलले बताउनुभयो ।यतापोखराकोचिप्लेडुंगामा सञ्चालितयूएफओमाखरिद विलनभएको भेटिएकाले जिल्लाप्रशासनकार्यालय कास्कीबोलाइएको छ ।पोखरा महानगरकाउपप्रमुखएवं उपभोक्ताहित संरक्षण समितिका संयोजकमञ्जुदेवी गुरुङले फेन्सी पसलमाअनुगमन गरेको बताउदै भन्नुभयो,‘ब्यवसायीले खरिद विलनलिने र विक्रीविलपनिनदिले गरेको भेटियो ।सबै व्यवसायीको समस्या एउटै देखियो ।यो समस्या समाधानगर्न सरोकारवालानिकायसंग बसेर छलफल गछौँ ।’
जिल्लाप्रशासनकार्यालय कास्कीकाशिवप्रसादगौतमले काठमाडौबाट ल्याउने सामानको विलकमजारी गर्ने र महंगोमाविक्री गरेको पाइएको बताउनुभयो । उहाँले कमविलजारी गर्ने र महंगोमाविक्रीगर्ने समस्या सबै ब्यवसायीकोमा देखिएकाले यस बारे छुटटै छलफल गरेर दिर्घकालिन रुपमा समाधानगर्नुपर्ने देखिएको छ ।पोखरा महानगरले दशैअघि पोखरामा सञ्चालिनमासु, खाद्यान्न र दशैलाई लक्षित गरेविक्रीकालागिबाहिरि जिल्लाबाट ल्याइएकाच्यांग्राको अनुगमन गरेको थियो ।

