Wednesday, July 29

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउँदै

नेपालअखबार,। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदैछन् ।

Advertisement

गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउन लागेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिए ।

Advertisement
Advertisement

कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति पञ्जियारले बताए । रासस

Advertisement