Wednesday, August 26

योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

नेपालअखबार, पोखरा। गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ र ७ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ ।उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले पोखरालाई  हेपिनेसकाे शहरकाे रूपमा विकास गर्नुका साथै महिला सुरक्षाका विषेश याेजना बनाउने बताए ।

Advertisement

माओवादी नेता विश्वप्रकाश लामिछानेले राज्यले आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले जनताले आफूलाई मत दिने दाबी गरेका छन् । कास्की २ ९१० मा सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछानेले पोखरालाई समृद्ध बनाउने र आधुनिक महानगर बनाउने योजना आफूसँग रहेको उल्लेख गरे । पोलिटिकल साइन्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘राज्यले दिएका सानातिना जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छु । अब जनताले जिम्मेवारी दिनुभयो भने निराश नबनाउने खालको खाका मसँग छ ।’

Advertisement
Advertisement

आइतबारै पोखरा ७ मा भएको कार्यक्रममा लामिछानेले सत्ता गठबन्धनबिना देश अघि बढ्न नसक्ने तर्क गरे । एमाले नेतृत्वको सरकारले पटक पटक प्रतिगमन गरेको दाबी गर्दै उनले स्थिरता र समृद्धिका लागि गठबन्धनको विकल्प नभएको जनाए ।

Advertisement

गठबन्धनको पोखरा १७ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जनताले अनुमोदन गर्ने जनाए । उनले भने, ‘यो गठबन्धनले देशलाई अनिश्चयको यात्राबाट जोगाएको छ । कसलाई मत दिँदा देशको विकास हुन्छ भन्ने जनतालाई थाहा छ ।’

लामिछानेले पोखराको विकासका लागि बनेका योजना कार्यान्वयन र संविधानमा उल्लिखित मौलिक हक ग्यारेन्टी गर्न आफूले योगदान गर्ने उल्लेख गरे ।