Sunday, July 26

दक्षिण कोरियाको राजधानी सउलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। दक्षिण कोरियाको राजधानी सउलमा शनिबार राती भागदौडको घटना हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भीडमा मच्चिएको भागदौडमा अरू दर्जनौं घाइते भएका छन्।

Advertisement
Advertisement

कोरोना महामारीका कारण तीन वर्षपछि यसपालि दक्षिण कोरियामा हालुविन इभ मनाउन दिइएको थियो।

Advertisement

सउलको इतेवन क्षेत्र नाइटलाइफका लागि लोकप्रिय छ। बार र क्लबहरू भएको उक्त क्षेत्रमा शनिबार राती झन्डै एक लाख मानिस जम्मा भएको बिबिसीले उल्लेख गरेको छ।

अत्याधिक भीड भएपछि सास फेर्न गाह्रो भएको भन्दै मानिसहरू त्यहाँबाट बाहिर निस्कन खोज्दा स्थानीय समयअनुसार राती १० बजेतिर भागदौड मच्चिएको बताइएको छ।

मृत्यु हुनेमा २० देखि ३० वर्षका युवती धेरै छन्। दुई जना विदेशीको पनि मृत्यु भएको छ। घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विभिन्न देशका नेताहरूले दु:ख व्यक्त गरेका छन्।

दक्षिण कोरियाली अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।