Sunday, July 26

छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छ: प्रधानमन्त्री

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई, मधेसलगायत विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्।

Advertisement

यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको प्रधानमन्त्री देउवाको भनाइ छ।

Advertisement
Advertisement

छठ पर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठी माइको पूजा अर्चना गरी मनाइने पर्व हो ।

Advertisement

नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न गरिन्छ।

प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवर्द्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गरेका छन्।

तराई, मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उनले बताएका छन्।

प्रधानमन्त्री देउवाले यी पर्व र संस्कृतिले समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पुर्‍याउँदै आएको बताएका छन्।

कोभिड–१९ र डेङ्गी जस्ता रोगको जोखिम कायमै रहेको सन्दर्भमा जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गर्दै यस वर्षको छठ पर्व हर्षोल्लासपूर्वक मनाउन उनले सबैमा आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवाले छठ पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्दै सबैमा शुभकामना व्यक्त गरेका छन्।