Saturday, July 11

एकीकृत समाजवादीको घोषणापत्र- ‘जातीय मुक्तिका लागि सांस्कृतिक रुपान्तरण, वर्गीय मुक्तिका लागि समाजवाद’

नेपालअखबार, काठमाडौं । नेकपा (एकिकृत समाजवादी)ले जातीय छुवाछुत मेटाउन पहल गर्नेलाई पुरस्कृत गर्नुपर्नेदेखि अन्तरजातीय विवाह गर्ने जोडीको सुरक्षासहित प्रोत्साहन भत्ता दिनुपर्नेमा जोड दिएको छ ।

Advertisement

सोमबार घोषणापत्र सार्वजनिक गर्दै  नेकपा एकीकृत समाजवादीले ‘जातीय छुवाछुत मेटाऔँ  मानव मर्यादा कायम गरौ’ भन्ने नारासहित चुनावी घोषणापत्रमा जातीय छुवाछुतको मुद्धा पनि समावेश गरेको छ  । मानिस मानिसबिच छुवाछुतको व्यवहार गर्नु मानव मर्यादाविपरीतको कार्य भएको र यो एक जघन्य अपराध पनि भएको भन्दै यसको अन्त्य हुनैपर्नेमा उसले जोड दिएको छ ।

Advertisement
Advertisement

दलित समुदायको वर्गीय आधारको सूचकाङ्क निर्माण गर्दै परिचयपत्रको व्यवस्था गरी राजनीतिक, आर्थिक र सामाजिक विकासका लािग आगामी दशकलाई दलित अधिकार दशक घोषणा गरी संविधान कार्यान्वयनमा जोड दिइने उल्लेख गरेको छ ।

Advertisement

समाजमा रहेको जातीय भेदभाव र छुवाछुत मेटाउनका लािग विविध रचनात्मक कार्यक्रम गर्नुका साथै विशेष अभियान सञ्चालन गर्ने घोषणापत्रमा भनिएको छ ।
दलित समुदायका परम्परागत पेसा, कला र सिपको संरक्षण, संवद्र्धन गर्दै तिनको आधुनिकीकरण र व्यवसायीकरण गर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यसका लागि ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८’ को प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा घोषणापत्रमार्फत जोड दिएको छ । घोषणापत्रमा भनिएको छ, ‘जातीय छुवाछुत मेटाउन विशेष पहल गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गरिनुपर्दछ ।

अन्तरजातीय विवाह गर्ने जोडीको पूर्ण सुरक्षासहित प्रोत्साहन भत्ताको व्यवस्था गरिनुपर्दछ । दलितको राजनीतिक, आर्थिक, समाजिक तथा सांस्कृतिक समस्यालाई एकिकृत प्रगतिशलील आरक्षणको व्याकेज निर्माण गरी कार्यान्यवन गर्न पहल गरिनेछ ।’

घोषणा पत्रमा ‘जातीय मुक्तिका लागि सांस्कृतिक रुपान्तरण, वगीय मुक्तिका लािग समाजवाद’ भन्ने विचारद्धारा आधारभूत वर्ग र दलित समुदायलाई प्रशिक्षित गर्दै सामाजिक चेतना विस्तारको अभियानलाई अझ घतीभूति बनाउने जनाएको छ । दलित समुदायमा भएका क्रान्तिकारी र श्रमजीवी वर्गीय चरित्रलाई सामाजिक र वर्गी मुक्तिको अन्तरसम्बन्धको ज्ञानसहित वैचारिक रुपमा स्पष्ट पारिने पनि उल्लेख गरिएको छ ।

घोषणापत्रमा ‘नमुना दलित बस्ती विकास कार्यक्रम’ लागू गर्न पहल गर्ने पनि उल्लेख गरेको छ । उत्पीडित दलित समुदायका बिचमा ‘एक दलित बस्ती एक सहकारी र एक दलित परिवार एक रोजगारी’सहित ‘नमुना दलित बस्ती विकास कार्यक्रम’ लागू गर्ने जनाएको छ  ।