Wednesday, August 5

डोटीको विकास गर्नु नै मेरो मुख्य प्राथमिकता हो : निर्वतमान मन्त्री आले

विमल विष्ट, डोटी। नेकपा  एकीकृत समाजवादीका नेता तथा निर्वतमानमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले समग्र डोटी जिल्लाको विकास गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । आज सोमवार डोटीको सायल गाउँपालिकामा आयोजित मतदाता भेटघाटका क्रममा नेता आलेले नागरिकका लागि विकास अहिलेको आवश्यकता भएकाले आफ्नो मुख्य प्राथमिकता पनि समग्र डोटीको विकास रहेको बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, ‘डोटीको विकासका लागि म राजनितीमा होमिएको छु, मैले जति सक्छु डोटीको विकास गर्छु ।’ भेटघाटकै क्रममा नेता आलेले राजनीतिसँगै डोटी सहित समग्र देशको विकासलाई अगाडि बढाउने जिकिर गर्नुभयो । ‘जनतालाई अहिले चाहिएको विकास हो, म विकासका लागि प्रतिबद्ध छु’ उहाँले थप भन्नुभयो ‘वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, विकास गर्ने मेरो जिम्मा ।’

Advertisement
Advertisement

सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले आफू त्यो अभियानमा लागेको उहाँको भनाइ थियो ।

Advertisement

यसैगरी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट डोटी प्रदेश २ का उम्मेदवार तथा काग्रेस नेता नरेन्द्रबहादुर सिंहले डोटीलाई विकास गर्ने नेता आवश्यक परेकाले यसपटक गठबन्धनका साझा उमेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनले नै देशको विकास गर्ने हो, आम डोटीवासी जनताले गठबन्धनलाई मत हाल्ने र जिताउने छन् ।’