Sunday, August 23

पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने उमेदवार बरालको वाचा

पोखरा २०, कार्तिक| प्रतिनिधि सभा कास्की निर्वाचन क्षेत्र नम्बर–३ का पाँचदलीय गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल जीवनले पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने वचनबद्धता दिएका छन् । घर दैलो गर्ने क्रममा आईतबार कास्कीको माछापुच्छ«े गाँउपालिकाका विभिन्न पर्यटकीय गाँउहरुमा पुगेका उनले स्थानिय जनतासामु पर्यटकीय महत्व रहेको ल्वाङमा पिच सडक निर्माण गर्न आफूले नेतृत्वदायी भूमिका खेल्ने वचनबद्धता व्यक्त गरेका हुन् ।

Advertisement

गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका उमेदवार बरालले ल्वाङमा पिच सडक बनाउन आफू सहभागि सरकारले शुरु गरिसकेको बताउँदै उनले भने “यसै चालु आर्थिक वर्षमा ल्वाङ सडक स्तरोन्नतीको लागि एक करोड बजेट विनियोजन गरिएको छ, उक्त सडक पिच गर्न आवश्यक पर्ने रकमको व्यबस्था संघ र प्रदेशबाट हामी गछौं, यसमा तपाईहरुले हामीलाई मतदान गरी काम गर्ने वातावरण मिलाउनु पर्यो ।” स्थानियले सडक बाटोसंगै खानेपानी लगायतका समस्या उमेदवार बराल समक्ष माग गरेका थिए ।

Advertisement
Advertisement

स्थानिय भरत गुरुङले रामजी बरालले पछिल्लो पाँच वर्षमा ल्वाङको मुहार फेर्न महत्वपूर्ण काम गरेको भन्दै आगामी निर्वाचनबाट पुनः निर्वाचित गराउन आफूहरु लागिपर्ने बताए । उनले भने,‘तपाईंको कामबाट हामी यहाँका जनता निकै नै प्रभावित छौं । अघिल्लो पटक जिताएकाले अहिले काममार्फत हजुरले मतको सदूपयोग गर्नुभयो, अब यसपटकपनि जिताएर पठाउँछौं ।’ उनले माछापुच्छ«ेको सडक, पुल, खानेपानी लगायतका विकास निर्माणमा उमेदवार बरालको अग्रणि भूमिका रहेको बताए ।

Advertisement

 

गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(१) का प्रत्यासी प्रदेश सभा सदस्य दुर्गादत्त भण्डारीले रामजी बरालले थालनी गरेका विकासका अधुरा कार्य सम्पन्न गरी माछापुच्छे«े बासिको विकासमा कटिवद्ध भएको प्रतिबद्धता व्यक्त गरे ।

आइतबार माछापुच्छ«े गाउँपालिको खोराकोमुख, ल्वाङ, लुम्रे, क्यूवाङ, सैदीघट्ट, इमु, तक्रो सिदिङ लगायतका क्षेत्रमा घर दैलो कार्यक्रममा पूर्व सांसद एवम् काग्रेंस नेतृ शारदा पौडेल, माओबादी केन्द्र, एकीकृत समाजवादी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।