Wednesday, August 5

रामजीलाई जिताउन जिम्मेवारीमा फर्किए नेता कार्यकर्ता

नेपालअखबार, पोखरा  । पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनलाई जिताउन नेता तथा कार्यकर्ता जिम्मेवारीमा फर्किएका छन् । पोखरा २५ हेमजा क्षेत्रका एक समुह माओबादी केन्द्रमै क्रियाशिल हुने गरी फर्किएको माधवशरण पौडेलले बताए ।

Advertisement

रामजी बरालले यस अघि निर्वाचनमा जनतासामु गरेको वाचा पूरा गरी पुनः प्रतिनिधि सभा सदस्यमा उठेकोले उहाँलाई विजयी गराउने अभियानमा आफुहरु समेत पुरानै मुल पार्टीमा फर्किएको उनले जनाए । रामजी बराल विकास प्रेमी र जनताको आशाको भरोसाको केन्द्र भएकोले गर्दा आफुहरुको एक समुह माओबादी केन्द्रमै क्रियाशिल भयर लाग्ने पौडेलले बताए ।
सोमबार हेमजामा आयोजित पाँच दलीय गठबन्धनको प्रशिक्षण अगुवा कार्यकर्ता भेलामा वौल्दै माधवशरणले रामजी जस्ता नेतालाई जिताउने अभियानमा आफुहरु सहभागि भएको बताए ।

Advertisement
Advertisement

कार्यक्रममा नेपाली कागेंस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले यसपालीको निर्वाचनमा पाँच दलयि गठबन्धनका उमेदवारहरुलाई जिताउन आग्रह गर्दै जित पछि पनि निरन्तर रुपमा उमेदवारहरु जनताको घर दैलोमा पठाउने दाबी गरे । गठबन्धनको नेतृत्वमा बन्ने ५ बर्षीय सरकारले देशमा आर्थिक विकास र समृद्धिको ढोका खुल्ने उनले जनाए ।
प्रतिनिधि सभा सदस्यका उमेदवार बरालले प्रदेश सभामा जसरी ५ बर्ष काम गर्ने अवसर मिल्यो पुनः प्रतिनिधि सभामा समेत ५ बर्ष काम गर्ने र जनताको सेवा गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरे । जनतासंग जोडिएको आधारभूत आवश्यकताहरु पुरा गर्न आफ्नो पहल कदमी हरपल रहने उनले जनाए । कास्की निर्वाचन क्षेत्र नम्बर ३ ९१० का प्रदेश सभा सदस्यका उमेदवार दुर्गादक्त भण्डारीले जनताले आफुलाई एक पटक काम गर्ने अवसर दिने विश्वास व्यक्त गरे ।

Advertisement

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका तम बहादुर रोक्का, एकिकृत समाजबादीका असिम गुरुङ, कागेंस युवा नेता प्रकाशचन्द्र सापकोटा लगायतले वोलेका थिए ।