Monday, July 27

प्रदर्शनका क्रममा आपसमा ठोक्किए दोस्रो विश्वयुद्धमा प्रयोग भएका दुई लडाकु विमान

नेपालअखबार, एजेन्सि। दोस्रो विश्वयुद्ध ताका प्रयोगमा आएका दुई लडाकु विमान अमेरिकाको टेक्ससमा दुर्घटनाग्रस्त भएका छन्।

Advertisement

सैन्य लडाकु विमान प्रदर्शनका क्रममा आपसमा ठोक्किएको अलजजिराले जनाएको छ। ठोक्किएलगत्तै दुबै विमानमा आगलागी भएको थियो।

Advertisement
Advertisement

दुर्घटनाबाट भएको मानवीय क्षतिबारेको विवरण अझै सार्वजनिक भएको छैन।

Advertisement

अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार दोस्रो विश्व युद्ध ताकाका बोइङ बी-१७ र बेल पी-६३ विमान आपसमा ठोक्किएका हुन्।

बी-१७ मा चालक दलका सदस्यसहित कम्तीमा चार जना उड्न मिल्ने र पी-६३ मा पाइलट मात्रै रहने बताइएको छ। दुर्घटनाग्रस्त जहाजमा कति सवार थिए भन्ने खुलाइएको छैन।