Monday, July 27

नयाँ पुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पुस्ताका कलाकर्मीहरूसँग अन्तर्क्रिया गरेका छन्।

Advertisement

उनले पत्नी आरजु राणा देउवासँगै प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे।

Advertisement
Advertisement

‘निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्’, प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ भन्ने सन्देश तपाईंहरूले दिनुपर्यो।’

Advertisement

उनले नेपाली कला क्षेत्रको समस्या समधानका निम्ति आफू सदैव तयार रहेको बताए।

भेटघाटमा सहभागीहरूले फिल्म, सङ्गीत लगायतको क्षेत्रमा देखिएको समस्या उठान गरेका थिए। उनीहरूले फिल्म छायाङ्कनको समस्या, छायाङ्कनमा अनुदान, फिल्ममार्फत् पर्यटन प्रवर्द्धन, सङ्गीतको रोयल्टी, ओटीटीको विषयमा देखिएको केही समस्या उठान गरेका थिए।

‘समस्याहरूलाई हामीले सम्बोधन गर्नेछौं। हामीलाई समस्याका बारेमा अवगत गराइरहनुस्। म सदैव सकारात्मक छु’, प्रधानमन्त्री देउवाले भने।

भेटघाट तथा छलफलमा नयाँ पुस्ताका कलाकर्मीहरू पूर्णिका सिजापति, उषा उप्रेती, एलिना चौहान, एलिजा गौतम, जेबिका कार्की, रिस्ता बस्नेत, सुधीर श्रेष्ठ, युवराज चौलागाईं, निर्माता सरोज न्यौपाने र निर्देशक हेमराज बिसीलगायतको सहभागिता थियो । रासस