Saturday, May 9

नवलपरासी पश्चिमबाट प्रदेशसभामा माओवादीका बागी बस्नेत विजयी

नेपालअखबार, नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका बागी उनले १२ हजार ४४९ मत ल्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष प्रधानलाई पराजित गरे । प्रधानले १२ हजार ३७८ मत ल्याए भने नेकपा एमालेका थानप्रसाद गैरे ९ हजार ९७६ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

Advertisement