
नेपालअखबार, पाेखरा । कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा एमाले उम्मेदवार वेदबहादुर गुरुङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका दीपक गुरुङ ‘माइला’लाई पराजित गरेका हुन् ।
वेदबहादुरले १२ हजार ६ सय ६१ मत ल्याएर निर्वाचित हुँदा दीपक ८६७ मतले पराजित भएका हुन् । दीपकले ११ हजार ७ सय ९४ मत प्राप्त गरे ।

