Friday, April 24

माओवादीसँग एकताबारे कुनै वार्ता भएको छैन : एकीकृत समाजवादी

नेपालअखबार, काठमाडाैं ।  नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नभएको स्पष्ट गरेको छ।  सञ्चारमाध्यममा दुई पार्टीबीच एकता हुन लागेको भनेर प्रचार भइरहेपनि त्यसमा कुनै सत्यता नरहेको एकीकृत समाजवादीको भनाइ छ ।

‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ । तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही पनि भएको छैन’, एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’

Advertisement