Saturday, July 4

गण्डकीमा मित्रलालले गराउनेछन् सांसदलाई शपथ

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन जेठा भएकाले उनैले शपथ खुवाउने र पहिलो बैठकको अध्यक्षता गर्नेछन् ।

Advertisement

६० सदस्यीय प्रदेश सभामा १३ गते मित्रलालले प्रदेश प्रमुखसँग शपथ लिनेछन् र त्यसको भोलिपल्ट अरु सांसदलाई उनलै शपथ खुवाउने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । ‘१४ गते गण्डकीका सांसदलाई बस्यालले सपथ खुवाउने तय भएको छ,’ पोखरेलले भने, ‘भोलि (७ गते) सबै निर्वाचन सांसदलाई जानकारी पठाउँछौं ।’

Advertisement
Advertisement

प्रदेश प्रमुखसँग शपथ खुवाउने विषयमा समन्वय भइरहेको उनले बताए । पहिलो बैठक कहिले बस्छ भन्ने निर्णय भइसको छैन तर बैठकको अध्यक्षता बस्यालले नै गर्ने भएका छन् ।

Advertisement

संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख, उपसभामुखको निर्वाचन नभएसम्म संसदको अध्यक्षता बस्यालले गर्ने छन् ।

यसअघि एमाले माओवादीको संयुक्त सरकार बन्दा संसदमा सभामुख माओवादीका तर्फबाट नेत्रनाथ अधिकारी र एमालेका तर्फबाट उपसभामुख सिर्जना शर्मा बनेका थिए ।

गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी छिरेका राजीव गुरुङ (दीपक मनाङे) सहित ६० सांसद छन् ।