Saturday, July 4

बालुवाटारमा अपरान्ह ४ बजे गठबन्धन दलको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको बैठक बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच छलफल हुने महतले बताए ।

Advertisement

निर्वाचन सम्पन्न भएपश्चात नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन बाँकी रहँदा समेत दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न सकेको छैन ।

Advertisement
Advertisement

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्वपूर्ण पदहरुको गठबन्धन दलहरूबीच भागवण्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन । यसअघि बसेका सत्ता गठबन्धन दलको बैठक विना निष्कर्ष टुङ्गिँदै आएको छ ।

Advertisement