Saturday, July 4

श्रीमती झुन्डिएको देखेर आत्तिएका श्रीमानको लडेर मृत्यु

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा भर्‍याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ।

Advertisement

शुक्रबार राति १० बजे बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।

Advertisement
Advertisement

पौने ९ बजे ४६ वर्षीया श्रीमती केशरी भुई तलामा रहेको सिलिङ पंखामा पासो लगाएर झुन्डिइन्। झुन्डिएको थाहा पाएपछि माथिल्लो तलामा बसेका शेरबहादुर आत्तिएर होहल्ला गर्दै तल ओर्लिएका थिए।

Advertisement

तल झर्नेक्रममा एक्कासी सिँढीबाट लडेर शेरबहादुर घाइते भएका थिए।

घाइते भएका उनको उपचारको लागि सिन्धुबहार अस्पताल लगिएको थियो। त्यही उपचारको क्रममा मृत्यु भएको हो।

झुन्डिएर आत्महत्याको प्रयास गर्ने केशरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ। उनीहरू दुबै जनालाई गाउँलेले अस्पतालमा पुर्‍याएका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिएसपी बुढाथोकीका अनुसार श्रीमात बिहानैदेखि मापसे गर्थे। त्यही कारणले पनि घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ।