Friday, July 10

१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न शितल निवास जाँदैछौं : शंकर पोखरेल

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसहितका दलहरूको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरू शितल निवासतर्फ गइरहेको बताएका छन्।

Advertisement

आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपालगायत दलहरूको बैठकले प्रधानमन्त्री प्रचण्डलाई बनाउने समझदारी गरेका थिए।

Advertisement
Advertisement

‘१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न हामी शितल निवासमा जाँदैछौं,’ उनले भने।

Advertisement