Friday, July 10

७ दलको समर्थन जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न शितल निवास पुगे प्रचण्ड

नेपालअखबार, काठमाडाैं । ७ दलको समर्थन जुटाएर प्रधानमन्त्री दाबी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन्।

Advertisement

आइतबार अपरान्ह प्रचण्ड राष्ट्रपति निवास शितल निवास पुगेका छ्न्। साथमा नेकपा एमालेसहित दलका नेताहरू पनि शितल निवास पुगेका छन्।

Advertisement
Advertisement

आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीले प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेका थिए।

Advertisement

यी सबै दलबाट गरी प्रतिनिधि सभामा १६६ जना सांसद छन्। सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ।

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ।