Wednesday, July 15

पोखरा अन्तर्राष्ट्यि विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, पाेखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन गर्नुभएको छ।
आइतबार दिउँसो उप्रप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, नेपाल सरकारका मुख्यसचिव दामोदर वैरागीसहित पोखरा पुग्नुभएका प्रधानमन्त्रीले सो विमानस्थल समुद्घाटन गर्नुभएको हो।

Advertisement

समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थल निर्माण गर्ने पोखरेली जनताको जागरण र संकल्प्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ’पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन तपाईहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनुभयो। प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो।’

Advertisement
Advertisement

’आजको जमाना कनेक्टिभिटिको जमाना हो। त्यसमध्ये पनि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य हो। यस विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्वपूर्ण योगदान गर्दछ’ उहाँले भन्नुभयो।

Advertisement

’सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प गरेको छु। मेरो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिनेछु’ प्रधानमन्त्रीले भन्नुभयो, ’यो तेस्रो अन्तरार्ष्टिट्रय विमानस्थल हो। काठमाडौं र भैरहवापछि पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेको छ। हामी छिट्टै निजगढ विमानस्थलको काम अगाडि बढाउँछौं। हामी विकासलाई तीव्रता दिएर अघि बढ्छौं।’

चीनका नाकाहरू खुल्न थालेका छन्, यसका निम्ति चीन सरकारलाई धन्यवाद दिन चाहन्छु, प्रधानमन्त्रीले भन्नुभयो, ’पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गर्ने सबै सबैप्रति विशेष आभार व्यक्त गर्दछु।’

अन्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनिका अधिकारीहरूले सम्बोधन गर्नुभएको थियो।

पर्यटकीय शहर पोखराको चौतर्फी विकास गर्ने हेतुले २०३२ सालमा परिकल्पना गरिएको विमानस्थल झण्डै साँढे पाँच दशकपछि पूरा भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि पोखराबासीमा खुसीयाली छाएको छ।