Wednesday, July 15

सरकारमा सहभागी हुन कुनै औपचारिक रुपमा प्रस्ताव नआएको – डा. तुलाधर

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुन औपचारिक रुपमा प्रस्ताव नआएको बताउनु भएको छ  ।

Advertisement

बसीरहेको  स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव गंगालाल तुलाधरले सरकारमा सहभागी कुनै पनि पार्टीले सरकारमा सहभागी हुनको लागि औपचारिक रुपमा प्रस्ताव नआएको बताउनु भएको हो ।
उहाँले नाटकीय रुपमा यो गठबन्धन भएको टिप्पणी गर्दै आफ्नो पार्टी सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा छलफल जारी रहेको भन्दै उहाँले अहिलेसम्म कुनै पनि निर्णय नभएको पनि बताउनु भयो  ।

Advertisement
Advertisement

नेकपा एमालेसँग पार्टी एकीकरणको विषयमा कुनै सत्यता नभएको भन्दै डा. तुलाधरले एमालेका केही नेताहरूले पार्टी एकता गर्ने कुरा चलाएको भए पनि आफ्नो पार्टीमा भने कुनै छलफल नभएको समेत बताउनु भयो  ।

Advertisement