Saturday, July 4

राप्रपाले पुस २७ गते मनाउँदै छ पृथ्वीजयन्ती

नेपालअखबार, काठमाडौँ । राप्रपाले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गरे बमोजिम आज पार्टी केन्द्रीय कार्यालयमा पृथ्वी जयन्ती तयारी समितिको बैठक बसेको छ ।

Advertisement

केन्द्रीय सचिवालयद्वारा आयोजित बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा भएको थियो । बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भइ सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको छ।

Advertisement
Advertisement

पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मुल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ। नेपाली नाम र नेपाली पहिचान दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने भन्दै राप्रपाले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ । उक्त दिन सार्वजनिक बिदा दिनसमेत सो पार्टीले सरकारसँग निरन्तर माग गरिरहेको छ।

Advertisement