
नेपालअखबार, काठमाडौं । संघीय संसद सचिवालयका सहसचिव डा.रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् ।
संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो । रिक्त पद पुर्तिका लागि बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रवक्ताको भूमिकामा रहेका डा. पाण्डेलाई सचिवमा बढुवा गरेको हो ।

