Thursday, July 16

अमेरिकाबाट शंकास्पद पैसा ल्याउन खोज्ने शाहसहित ६ जना पक्राउ

नेपालअखबार, काठमाडाै । अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम ल्याउन खोज्ने अछामका पृथ्वीबहादुर शाहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

Advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको हो।

Advertisement
Advertisement

ब्युरोका प्रमुख एआइजी उत्तम सुवेदीका अनुसार उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।

Advertisement

शाहले अमेरिकाबाट ल्याउन लागेको शंकास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो।

उक्त रकम  फुकुवा गरिदिन शाहले विभिन्न निकायमा धाएका थिए। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम फुकुवा गरिदिन राष्ट्र बैंकलाई पत्र पठाएपछि तीव्र आलोचना भएको थियो।

ब्युरोका एपपी सञ्जयसिंह थापाका अनुसार दर्जनौं कम्पनी खोलेर शंकास्पद कारोबार गरेको, कारोबार गर्न अनुमति पनि नलिएको, विदेशीहरूलाई प्रलोभन देखाएर झुक्याएको, यसअघि पनि शंकास्पद कारोबार गरेको भन्ने आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।