Thursday, July 16

नागरिक उन्मुक्ति पार्टीले भन्यो- प्रतिपक्षको लहरमा बस्छौं

नेपालअखबार, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी संसदमा प्रतिपक्षको लहरमा बस्ने भएको छ।

Advertisement

सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिक उन्मुक्ति पार्टीले आफूहरू प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएको हो।

Advertisement
Advertisement

सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जानकारी नागरिक उन्मुक्ति पार्टीले गराएकाले त्यही अनुसारको व्यवस्था गराएको संसद सचिवालयले जनाएको छ।

Advertisement

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूले सरकारलाई विश्वासको मत दिने भए पनि सरकारमा नजाने बताइन्।

‘हामीले रेशम चौधरीको रिहा नभएसम्म सरकारमा नजाने निर्णय गरेका छौं। तर सरकारलाई विश्वासको मत दिन्छौं,’ उनले भनिन्।

संसदको पहिलो अधिवेशन सुरू हुनुअघि संसद सचिवालयले राजनीतिक दलहरूलाई सत्तापक्ष र प्रतिपक्षको लहरमा कता बस्ने भनेर सोध्ने गर्छ। त्यही क्रममा सचिवालयले तीन दिनअघि नागरिक उन्मुक्ति पार्टीलाई बस्ने ठाउँबारे सोधेको थियो।

संसद सचिवालयका अनुसार अहिलेसम्म नेपाली कांग्रेससहित नेकपा (एकीकृत समाजवादी), लोसपा, राष्ट्रिय जनमोर्चा र नेमकिपालाई प्रतिपक्षको लहरमा राखिँदैछ।