Thursday, May 7

प्रधानमन्त्री दाहालसँग भएको भनिएको भेटको समाचार निराधार – प्रचार विभाग प्रमुख खतिवडा

नेपालअखबार,काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका  उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेट भएको  भनिएको समाचार  निराधार भएको बताउनु भएको छ ।

खतिवडाले आफू विरुद्ध पटक पटक यस्ता खालका निराधार समाचारहरू विभिन्न अनलाइनहरूमा प्रकाशन भएको भन्दै त्यसको खण्डन गर्नुभएको छ । हुँदै नभएका विषयवस्तुलाई समाचार बनाएर भ्रम छर्ने काम भएको उल्लेख गर्नुभएको छ।

Advertisement

खतिवडाले वर्तमान अवस्थामा आफूले प्रधानमन्त्री दाहाललाई भेट नगरेको र गर्नुपर्ने कुनै कारण समेत नभएको भन्दै सन्तुलित र भरपर्दो समाचार सम्प्रेषण गर्न सरोकारवालाहरूलाई आव्हान समेत गर्नुभएको छ ।

केही दिन अघि मात्र प्रधानमन्त्रीको निम्ता पछि  विभाग प्रमुख  खतिवडाले  प्रधानमन्त्री निवास बालुवाटार पुगेर  भेटवार्ता गर्नुभएको भन्दै विभिन्न अनलाइनमा समाचार प्रकाशित भएको थियो  ।