Saturday, July 4

भक्तपुरका अधिकांश फलफूल पसल नवीकरण भएनन्

नेपालअखबार, भक्तपुर । भक्तपुरका अधिकांश फलफुल   पसलेहरुले पसल नवीकरण नगरेको भेटिएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिले नगरका ६ वटा पसलहरुमा अनुगमन गर्दा यस्तो भेटिएको हो । समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुर नगरभित्र रहेको फलफुललगायत ६ वटा पसलहरुको अनुगमन गरेको थियो ।

Advertisement

अनुगमनमा एच एण्ड एच जुस सेन्टर नवीकरण गर्नुपर्ने, मूल्यसूची राख्नुपर्ने र लेवल नभएको फ्रुटो जुस ५०० मिलिलिटरकोमा लेवल नभएकोले जफत गरी नष्ट गरियो । त्यस्तै राजेश पानीपुरी विगत दुई तीनबर्ष अगाडिदेखि बिना दर्ता संचालन गरेकोले तीन दिनभित्र दर्ता गर्न, सरसफाइमा ध्यान दिन र मूल्यसूचि राख्न निर्देशन दियो ।

Advertisement
Advertisement

सुष्मा फ्रुट शप विगत चार बर्षदेखि नवीकरण नभएकोले त्यहीं नवीकरण गराएर कुहेको र विग्रेको फलफुलहरु नराख्न, नबेच्न, तराजु नवीकरण गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दियो । त्यस्तै इजी मल्टि स्टोर नविकरण गर्न, म्याद नाघेको सामानहरु आसियन ड्राई फुड ९ पाकेट, लेवल नभएको पूर्णिमा स्पेशल भुजा १ पाकेट, सिक्सभिल्ला पापड १३ पाकेट जफत गरी नष्ट गरियो ।

Advertisement

एके किराना एण्ड भेज सप्लायर्समा मूल्यसूचि राख्न, प्याकेजिङ्ग सामानमा लेवल राखेर मात्र विक्रीवितरण गर्न र म्याद नाघेको मसला पाकेटहरु १७ पाकेट जफत गरी नष्ट गरियो । त्यस्तै पटिन लिंकन स्टोरमा मूल्यसूचि राख्न, म्याद नाघेको प्लाटिनम कुकिज बिस्कुट १ पाकेट, जिरा वन्डर विस्कुट १ पाकेट, बटर डिलाइट विस्कुट ३ पाकेट, नटराज दालमोठ १ पाकेट, शिवशंकर बदाम १ पाकेट र कोक ५०० मिलि जफत गरी नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रीता फसिकवा, श्यानिटेशन उपशाखा प्रमुख दीलिपकुमार सुवाल, वडा निरिक्षक रामकृष्ण प्रजापति, कर उपशाखा मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रसनि विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु सहभागी थिए । रासस