Tuesday, August 4

२४ जनाको पोखरा र ४५ जनाको शव काठमाडौं पोष्टमाटम गरिने

नेपालअखबार, पोखरा । पोखरा पुगेको विशेषज्ञ टोलीले शव परीक्षण गर्न नसकिने भएपछि ४५ जनाको शव काठमाडौं लग्ने निर्णय गरेको छ । शव पहिचान र परीक्षणका लागि विशेष टोलीको निर्णयअनुसार २४ जनाको शवको पोखरामै गरिने भएको हो ।

Advertisement

आइतबार यती एअरलाइन्सको ‘एन–एएनसी’ विमान सेती खोँचमा खसेको थियो । दुर्घटनामा ६९ जनाको शव भेटिएको छ । ३४ जनाको सनाखत भएको भएपनि १० जनाको काठमाडौं लगेर पोष्टमाटम गरिने स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

Advertisement
Advertisement

विदेशीहरूको शव पहिचान भएपनि पोखरामा गरेको नहुँदा काठमाडौं लैजानुपरेको भारतबाट शव लिन आइपुगेका एक आफन्तले बताए ।

Advertisement

प्रतिष्ठानका अनुसार त्रिभुवन पौडेल, निशान्त आचार्य, जीवनकला गुरुङ, प्रसिद्धि पौडेल, पुजन राना, पूर्णबहादुर गुरुङ, अरुण पौडेल, संगिता शाही, सदाकत अलिमिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, समिन गुरुङ, शालिकराम आचार्य, डा। गनेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सन्दिप श्रेष्ठ, अनुशा गुरुङ, शिवकुमार गुरुङ र सविर्ण श्रेष्ठको शव पोखरामै परीक्षण गरिने छ ।