Friday, July 10

कांग्रेसले भन्यो- राष्ट्रपति र सभामुखको सिट बाँडफाँटमा छलफल गर्न तयार छौं

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति लगायतका पदमा सहमति गरी अगाडि बढ्न नेपाली कांग्रेससँग प्रस्ताव राखेका छन्।

Advertisement

मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सहमति गरेर जान कांग्रेसलाई प्रस्ताव राखेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

Advertisement
Advertisement

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरी जाने प्रस्ताव राखेका हुन्।

Advertisement

यसको प्रतिक्रिया दिँदै लेखकले छलफल गर्न तयार भएको बताए।

‘सहमति गरेर जाने प्रधानमन्त्रीको प्रस्तावमा हामी छलफल गर्न तयार छौं भनेर भन्यौं,’ उनले भने।

यस्तै, सभामुखको विषयमा भने उम्मेदवारी दिने/नदिने विषयमा आन्तरिक छलफल गर्ने पनि उनले बताए।