Tuesday, February 3

काँग्रेस नेता बजगाँईले दिए ५० जना उखु किसानलाई न्यानो ज्याकेट

गोरखा । काठमाण्डौमा आन्दोलनरत उखु किसानहरुलाई नेपाली काँग्रेसका नेता राजेन्द्र बजगाँईले न्यानो ज्याकेट वितरण गरेका छन् ।

चिनी मिलले पैसा नदिएपछि दुई हप्ताअघि सरकार गुहार्न काठमाडौं आएका उखु किसानहरु जाडोमा कठ्यांग्रिएको समाचारहरु बाहिरीएपछि नेता बजगाँईले आन्दोलन भइरहेकै स्थान माइतीघर पुगेर ज्यकेट प्रदान गरेका हुन् ।

Advertisement

पछिल्लो समय दिनप्रतिदिन चिसो बढ्दै गएपछि उनिहरु काँप्दै आन्दोलन गरिरहेका छन् । जिउमा एकसरो लुगा लगाएर राजधानी छिरेका किसानहरुको माग २ हप्ता बित्दा समेत सम्बोधन हुन सकेको छैन ।

शुक्रबार काँग्रेस नेता बजगाँईले माइतीघर पुगेर उनिहरुको आन्दोलनमा समेत ऐकेवद्धता जनाएको बताएका छन् ।

‘उखुको पैसा नपाएर काठमाण्डौं आएका किसान चिसोले मर्न नपरोस भनेर मैले ५० जनालाई न्यानो डाउन ज्याकेट दिएको हुँ’ सिभिलखबरसंग कुरा गर्दै नेता बजगाँईले भने ‘दुई हप्ता भइसक्यो किसानको आवाजलाई सरकारले सुनेन, यो पिडाको कुरा हो ।’

चिनी मिलहरुलाई रकम भुक्तानी गर्न सरकारले दवावसम्म दिन नसक्नु लाचारीपन भएको उनको तर्क छ ।

‘काठमाण्डौको मौसम माइनसमा छ, यस्तो अवस्थामा गरिब किसानको आँशु नदेख्ने सरकारको यो लाचारीपन हो’ उनले भने ‘तत्काल उनिहरुको माग सम्बोधन हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *