Saturday, July 18

सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा थापेका छैनौं: महामन्त्री शर्मा

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले राष्ट्रपतिको निर्वाचनको प्रसंगमा एमाले झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन्।

Advertisement

बिहीबार संसदमा बोल्दै उनले कांग्रेसले कुनै पनि ढोक्सा नथापेको बताएका हुन्।

Advertisement
Advertisement

‘सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा थापेको छैन। राष्ट्रपतिको निर्वाचनको प्रसंगमा कोही पनि झस्किनुपर्ने आवश्यकता छैन,’ शर्माले भने।

Advertisement

राष्ट्रपतिको निर्वाचनमा २०७४ सालबाट शिक्षा लिनुपर्ने उनले बताए। आवश्यक सहयोग नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हुन नहुने शर्माले बताए।

‘२०७४ सालमा कम्युनिस्ट पार्टीमा सभामुख र राष्ट्रपति हुँदा तत्कालीन प्रधानमन्त्रीले सभामुखले आवश्यक सहयोग नगरेको बताउनुभयो। राष्ट्रपतिले अनावश्यक सहयोग गरेको चर्चा भयो। संविधानले अनावश्यक सहयोग गर्ने राष्ट्रपति र आवश्यक सहयोग नगर्ने सभामुखको परिकल्पना गरेको होइन,’ उनले भने।