Saturday, May 9

नेम्वाङले भने – संसदलाई निष्पक्ष रूपमा सञ्चालन गर्नसक्ने खुबी घिमिरेमा छ

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रूपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको संसदलाई निष्पक्ष रूपमा सञ्चालन गर्नसक्ने काम सभामुख उम्मेदवार घिमिरेले मात्रै सक्ने बताए।

Advertisement

उनले सरकारलाई जनताप्रति व्यक्तिगत र सामुहिक रूपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए।

उनले सिंगो प्रतिनिधि सभालाई एकतावद्ध बनाएर, सांसदहरुको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भूमिकामा घिमिरे उपयुक्त पात्र रहेको बताए।

उनले घिमिरेले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको कदर गर्दै आफूले सभामुखमा प्रस्ताव गरेको बताए।

‘सरकारलाई जनताप्रति व्यक्तिगत र सामुहिक रुपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी छ। थुप्रै चुनौतिहरु छन् । त्यसलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ, त्यसको संघारमा हामी उभिएका छौं। यस्तो बेलामा यो प्रतिनिधि सभा जिम्मेवारी पूरा गर्न सफल हुन्छ। यही विश्वासका साथ सिंगो प्रतिनिधि सभालाई एकतावद्ध बनाएर, सांसदहरुको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भूमिकामा रहेर सभामुखले भूमिका निर्वाह गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि मैले देवराज घिमिरेले यो भूमिका निर्वाह गर्नसक्नुहुनेछ। लामो समय भूमिगत कालदेखि लिएर निरंकुशताकाबिरुचमा खटेर उहाँ अघि आउनुभएको हो । सबै विषयमा उहाँ सक्षम हुनुहुन्छ। सदनको सन्दर्भमा पनि उहाँ विज्ञ हुनुहुन्छ। यो प्रतिनिधि सभामा रहेका सम्पूर्ण राजनीतिक दलहरुको विश्वासलाई समेट्दै निष्पक्ष सभामुखको रूपमा उहाँले भुमिका खेल्न सक्नुहुन्छ।’

सांसद नेम्वाङले सभामुख उम्मेदवार घिमिरे सदनको बारेमा पनि विज्ञ भएकाले उनले  प्रतिनिधि सभामा रहेका सम्पूर्ण राजनीतिक दलहरुको विश्वासलाई समेट्नेमा पूर्ण विश्वास रहेको बताए।