Thursday, July 30

एकीकृत समाजवादी तनहुँ-काठमाडौं सम्पर्क मञ्च पुनर्गठन

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको तनहुँ–काठमाडौँ सम्पर्क मञ्च पुनर्गठन भएको छ । तनहुँ–काठमाडौँ सम्पर्क मञ्चको भेलाले रामहरि पाण्डेको अध्यक्षतामा मञ्च पुनर्गठन भएको हो ।

Advertisement

मञ्चको उपाध्यक्षमा संघर्ष पोखरेल, सचिव दुर्गा नेपाली र उपसचिवहरू सरस्वती पोखरेल, भुवन श्रेष्ठ र कोषाध्यक्ष अब्बास अलि रहेका छन् । यस्तै, मञ्चका सदस्यहरूमा लक्ष्मी पौडेल पोखरेल, लक्ष्मीभक्त भट्टराई, समिधा रानाभाट, अनमोल पौडेल, श्रीजना थापासहित १५ सदस्यीय कमिटी निर्माण भएको छ ।

Advertisement
Advertisement

आइतबार भएको बिस्तारित बैठक एवं भेलाको प्रमुख अतिथि पार्टी पोलिट्ब्युरो सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटी इन्चार्ज विजय गुरुङको उपस्थितिमा भएको भेलामा सम्पर्क मञ्च पुनर्गठन गरिएको हो ।

Advertisement

यस्तै, पार्टी केन्द्रिय कमिटी सदस्य एवं गण्डकी प्रदेश सम्पर्क कमिटी इन्चार्ज शंकर पोखरेल, नेपाल बुद्धिजीवी परिषद (समाजवादी)का वरिष्ठ उपाध्यक्ष सिताराम घले परियार, सम्पर्क विशेष प्रदेशका उपसचिव रामकला पौडेल, बाम बुद्धिजीवी कृष्णराज ढकाल, गण्डकी प्रदेश सम्पर्क मञ्चका सदस्य राजु ढकाललगायतको उपस्थिति थियो ।

भेलाले आगामी २० माघभित्र सम्पर्क कमिटीको सदस्य अभिलेख तयार गरी सक्ने र सम्पर्क विशेष प्रदेश कमिटीमा स्कुल सञ्चालन गरी सक्ने, नयाँ सदस्य निर्माण र बिस्तार गर्ने मुख्य एजेन्डा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।