Wednesday, July 22

पृथ्वी जयन्तीलाई गोरखामा उत्सवका रुपमा मनाइने

मोहसिन अलि मियाँ
गोरखा ।
पृथ्वी जयन्तीलाई बिभिन्न कार्यक्रम गरी मनाउन गोरखा नगरपालिकाले तयारी तिब्र बनाएको छ ।

Advertisement

पहिलो पटक सार्वजानिक विदा गरेको नगरपालिकाले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९७ औं जन्मजयन्ती भब्य रुपमा मनाउने गरी तयारी गरेको हो । आगामी पुष २७ गते जन्मजयन्ती परेपनि नगरपालिकाले २६ गतेदेखि नै बिभिन्न कार्यक्रम तय गरेको बताएको छ ।

Advertisement
Advertisement

‘हामी इतिहासको सम्मान गर्छौ, प्रचार गर्न चाहान्छौ’ नगरप्रमुख राजनराज पन्तले बुधबार पत्रकार सम्मेलन गर्दै भने ‘सोही अनुरुप पहिलो पटक विदा नै घोषणा गरेर सो दिनलाई उत्सवका रुपमा मनाउने तयारीमा छौ ।’

Advertisement

ऐतिहासिक बिषयहरुको उजार र प्रचार गर्दै पर्यटक भित्राउने दाउमा रहेको नगरपालिकाले २६ गते नेपाल पत्रकार महासंघ गोरखासंगको सहकार्यमा पृथ्वी नारायण शाह र एकिकरण सम्बन्धी प्रवचन र अन्तरकृया समेत आयोजना गरेको छ ।

कार्यक्रममा इतिहास महासंघका केन्द्रिय महासचिव डा. डोलराज काफ्लेले गोरखा र पृथ्वी नारायण शाहको इतिहास र महत्वका बारेमा प्रवचन दिने बताइएको छ ।

त्यस्तै २७ गते बिहान नगरक्षेत्रको सरसफाईसंगै दिउँसो खेलकुद मैदानबाट झाँकी सहितको ¥याली सहित गोरखा संग्रहालय परिसरमा रहेको शाहको शालिक स्थलमा कोणसभा कार्यक्रमको तयारी गरिएको नगरप्रमुख पन्तले बताए ।

मंसिर ३० गतेको कार्यपालिकाको बैठकबाटै पृथ्वीजयन्तीमा विदा गर्ने र भव्य रुपमा मनाउने निर्णय गरेको नगरपालिकाले सो दिन १४ वटै वडाबाट बिभिन्न जातजातीको भेषभुषासहित संस्कृती झल्कने ¥याली आयोजना गर्ने तयारी गरेको हो ।

¥यालीमा पृथ्वीनारायण शाहकै पोशाकमा नेपाली सेनाको एक समुह समेत सहभागी हुने बताइएको छ । पृथ्वी जयन्तीलाई भब्य बनाउन गोरखा नगरपालिकाले नगरका सरोकारवालाहरुलाई समावेश गरेर नगरप्रमुख पन्तको संयोजकत्वमा १ सय ५१ सदस्यिय मुल आयोजक समिति समेत गठन गरेको जनाएको छ ।

सोही दिन बेलुका नगरक्षेत्रमा शाहको सम्झनामा दिपप्रज्वलन समेत गरिने उनको भनाई छ ।

नेपाल एकिकरणका नायकका रुपमा मानिने पृथ्वीनारायण शाहको सम्मान गर्दै भ्रमण बर्षलाई सफल बनाउन पनि कार्यक्रमलाई उत्सवका रुपमा मनाउने तयारी गरिएको बताइएको छ ।

गोरखा ऐतिहासिक रुपमा विश्वभर प्रख्यात रहेकाले इतिहासको संरक्षण र प्रचार गर्दै पर्यटन विकास गर्ने लक्ष्य रहेको नगरप्रमुख पन्तले बताए ।

केहि हप्ताअघि मात्रै नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईलाई गोरखा ल्याएर नगरपालिकाले भीमसेन थापाको सम्झनामा निर्माण गरिएको पार्क र उनको पूर्णकदको शालिकको अनावरण गरिएको थियो ।

गोरखा नगरपालिकासंगै पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकाले समेत पृथ्वीजयन्तीमा सार्वजानिक विदा दिने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *