Wednesday, July 29

प्रहरी प्रवक्तामा डिआइजी पोखरेल

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ।

Advertisement

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

Advertisement
Advertisement

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएका थिए।

Advertisement

नयाँ प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेललाई तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।